ad ad

कारोबार


गैरआवासीय नेपाली र संस्थालाई विदेशी लगानीकर्ता ल्याउने माध्यम बनाऔँ : अध्यक्ष केसी

गैरआवासीय नेपाली र संस्थालाई विदेशी लगानीकर्ता ल्याउने माध्यम बनाऔँ : अध्यक्ष केसी

अध्यक्ष केसी (फाइल तस्बिर)


नेपालखबर
फागुन १५, २०८० मंगलबार ११:४४, काठमाडौँ

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुलाई लगानीकर्ता ल्याउने पुलको रुपमा प्रयोग गर्न सक्नुपर्ने बताएका छन्। 

अध्यक्ष केसीले गैरआवासीय नेपाली र संस्थाहरुलाई लगानी सम्मेलनमा लगानीकर्ता ल्याउने सकारात्मक माध्यमको रुपमा सरकारले सोच्नुपर्ने बताएका हुन्। 

अध्यक्ष डा. केसीले सरकारले गर्ने आगामी लगानी सम्मेलन सफल बनाउन विश्वका विभिन्न देशमा बसोबास गर्ने ८० लाख नेपालीसँग समन्वय गर्न आवश्यक रहेको धारणा राखे। उनले अन्य मुलुकहरुको अभ्यास हेर्दा पनि मुलुकभित्र लगानी ल्याउने व्यक्तिहरु त्यही देशमा रहेका गैरआवासीयहरु नै हुने गरेको दाबी गरे। 

उनले नेपालबाट गैरआवासीय भएर बसेका धेरै नेपालीहरु व्यवसायी र लगानीकर्ता बनिसकेको अवस्था रहेको उल्लेख गरे। अध्यक्ष डा.के.सीले सरकारले आगामी बैंशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि गैरआवासीय नेपालीहरुसँग समन्वय गर्न सुझाव दिए। 

उनले नेपालले निर्माण तथा उत्पादनका लागि लगानीकर्ताले विदेशबाटै प्रविधि ल्याउनसक्ने गरी प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गर्न आवश्यक रहेको बताए। उनले ठूलो लगानी आउने सम्भावना भएका देशहरुसँग टीटीए सम्झौता गर्न आवश्यक रहेको बताए। 

अध्यक्ष डा.केसीले नेपालले ठूलो लगानी ल्याउन दुई पक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण (बिपा) सम्झौता पनि गर्न आवश्यक देखिएको बताए। उनले टीटीए र बिपा दुई सम्झौता फण्डामेण्टल भएकाले लगानीको लागि आवश्यक देखिएको उल्लेख गरे। अध्यक्ष डा.के.सीले लगानी सम्मेलनमा विदेशी लगानीकर्तामार्फत गुणस्तरीय लगानी ल्याउनको लागि सरकारले कन्ट्री रेट्रिङ गर्नुपर्ने सुझाव दिए। 

उनले ठूला लगानीकर्ता नेपालमा आउनुभन्दा पहिला लगानीमा नेपालको रट्रिङ हेर्ने गरेको बताए। अध्यक्ष डा.के.सीले सरकारले नेपालमा मात्रै लगानी सम्मेलन नभएर अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागिता जनाउनुपर्ने सुझाव दिए। उनले नेपाल सरकारले आफूसँग भएका आयोजनाहरु र उत्पादनलाई प्रचारमा बाहिर ल्याउनुपर्ने बताए। 

लगानी सम्मेलन भनेको दुई चार वर्षमा मेला गरे जस्तो नभएर हरेक वर्ष गर्न सुझाव अध्यक्ष के.सीको छ। उनले संघ, प्रदेश र स्थानीय सरकारले समेत लगानी सम्मेलन गर्न आवश्यक रहेको भन्दै मुलुकभित्रकै लगानीकर्ताले लगानीको सम्भावना रहेकाले सरकारले त्यो विषयलाई पनि सोच्न आवश्यक रहेको बताए।

पाँच सुझाव 
१. धेरै देशहरुसँग नेपालको विदेशी लगानीमा निर्माण तथा उत्पादनका लागि लगानीकर्ताले विदेशबाटै प्रविधि ल्याउन गरिने प्रविधि हस्तान्तरण सम्झौता (टीटीए)सम्झौता छैन। जुन जुन देशबाट लगानीकर्ता आउने ठूलो सम्भावना छ। ती देशरुसँग टीटीइ सम्झौता गर्नुपर्छ। नेपालले ठूलो लगानीको कुरा गर्दा द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौता गर्नुपर्छ। टीटीए र बिपा दुई सम्झौता वैदेशिक लगानीको लागि फण्डामेन्टल विषय हो। जुन लगानीको लागि आवश्यक छ। यी दुवै गराउनु पर्छ।

२. नेपालमा अहिले जुन लगानी भइरहेको छ। धेरै लगानी अन्तर्राष्ट्रिय दातृ निकायहरुले ग्राण्डको रुपमा दिएको छ। नेपालमा गुणस्तरीय वैदेशिक लगानीकर्ता आएको अवस्था छैन। देशमा लगानी गरेर मुनाफा आउँछ कि आउँदैन। देशको लगानीको वातावरण के छ भन्ने कुरा देशको लगानी रेट्रिङ हुनुपर्छ। जुन अहिलेसम्म भएको छ्रैन। ठूला कम्पनीले लगानी गर्न चाहँदा लगानीमा नेपालको रट्रिङ के छ भनेर हेर्छन। त्यसैले अनिर्वाय रुपमा कन्ट्रि रेट्रिङ गराउनुपर्छ।

३. नेपालमा अहिलेसम्म जति पनि ठूला साना आयोजनाहरु छन्। ती आयोजनाहरुलाई हाइलाइट गरेर नेपालमा मात्रै लगानी सम्मेलन गर्ने होइन। यस्ता खालका अन्य लगानी सम्मेलनहरुमा नेपालले भाग लिनुपर्छ। अन्य अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागिता जनाउनुपर्छ।

४. अन्य मुलुकहरुको अभ्यास हेर्दा पनि लगानी ल्याउने व्यक्तिहरु त्यही देशमा रहेका गैरआवासीयहरु हुन्छन्। ८० लाख नेपालीहरु विश्वका विभिन्न देशमा बसोवास गर्छन्। तीमध्ये धेरै व्यवसायी र लगानीकर्ता बनिसकेका छन्। उनीहरु र गैरआवासीय संस्था लगानीकर्ता ल्याउने पुल हुनसक्छ। त्यसको सरकारले सकारात्मक रुपमा प्रयोग गर्नुपर्छ।

५. नेपाल सरकारले आफूसँग भएका आयोजनाहरु र उत्पादनलाई प्रचारमा बाहिर ल्याउन सकेको छैन। जुन लगानी सम्मेलन भनेको दुई चार वर्षमा मेला गरे जस्तो नभएर हरेक वर्ष गर्नुपर्छ। संघ,प्रदेश र स्थानीय सरकारले समेत लगानी सम्मेलन गर्नुपर्छ। लगानी सधैँ विदेशीहरुले मात्रै आएर गरिदिने होइन। मुलुकभित्रकै लगानीकर्ताले लगानीको सम्भावना देखेको हुन्छ। यस्ता कुराहरुमा सरकारले खाल गर्दा लगानी सम्मेलन सफल हुन्छ। —न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .