ad ad

कारोबार


सुनको भाउ लगातार वृद्धि, आज कति पुग्यो?

सुनको भाउ लगातार वृद्धि, आज कति पुग्यो?

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८० सोमबार १२:३१, काठमाडौँ

सुनको भाउ आज पनि बढेको छ। हिजो (आइतबार) तोलाको पाँच सयले बढेको सुनको भाउ आज चार सय रुपैयाँले बढेको हो। 

आज सुनको भाउ तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख १७ हजार १ सय, तेजाबी सुन १ लाख १६ हजार ५ सय ५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले घटेको छ। आज चाँदीको भाउ तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .