कारोबार


५० अर्बको कम्पनी बनाएर ठूला सहर बनाउने व्यवसायीको घोषणा, जग्गा हदबन्दी हटाउन माग

५० अर्बको कम्पनी बनाएर ठूला सहर बनाउने व्यवसायीको घोषणा, जग्गा हदबन्दी हटाउन माग

नेपालखबर
माघ २७, २०८० शनिबार १३:३०, काठमाडौँ

घरजग्गा व्यवसायीले ठूला सहर बनाउन जग्गा हदबन्दी हटाउनुपर्ने बताएका छन्।

नेपाल जग्गा तथा आवास विकास महासंघको पोखरामा भएको दोस्रो साधरण सभामा जग्गा हदबन्दीले व्यवस्थित सहर बन्न अप्ठेरो भएको बताएका हुन्।

अध्यक्ष भेषराज लोहनीले ठूला सहर बनाउन महासंघ स्थापना गरेको बताउँदै सबै व्यवसायी मिलेर ५० अर्बको लिमिटेड कम्पनी स्थापना गर्ने सोच रहेको पनि जानकारी गराएका छन्। 

ल्यान्ड पुलिङ, ल्यान्ड मार्केट अवधारणा अघि बढाएको बताउँदै लाइसेन्स भएका व्यक्तिले मात्रै कारोबार गर्न पाउने व्यवस्था अत्यावश्यक रहेको बताए।

त्यस्तै, पूर्व प्रदेशमन्त्री तथा व्यवसायी विन्दुकुमार थापाले पनि घरजग्गा व्यवसायमा जग्गा हदबन्दीको कारण अप्ठेरो भइरहेको बताए। 

व्यवसायीले आफूहरूलाई हेर्ने नजर खराब रहेको गुनासो समेत गरे।

नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष राजकुमार राईले नेपालमा अझै घरजग्गा व्यवसायी खुलेर भन्नसक्ने अवस्था नरहेको बताए।

साधरण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्मन्त्री सुरेन्द्रराज पाण्डेले जो पनि घरजगग्गा व्यवसायी हुँदा विसंगती बढेको बताए। उनले व्यवसायी संगठित हुँदै जाँदा विसंगती घट्ने  सम्मान बढ्ने बताए।

मुख्यमन्त्री पाण्डेले डेभलपर्सले सहरभित्र सहर नभई नयाँ सहर नै बनाउनु पर्ने बताए। उनले जग्गाको हदबन्दी सम्बन्धी कानुन बनाउने अधिकार प्रदेशलाई नभएको सुनाए। 

त्यस्तै, पोखरा महानगरका मेयर धनराज आचार्यले घरजग्गा कारोबार व्यवस्थित हुन नसकेको बताउँदै सरकारसँग मिलेर नीति निर्माणमा लाग्न आग्रह गरेका छन्। उनले पोखरामा १९ वटा हाई राइज बिल्डिङ रहेको बताए। 

सहरी विज्ञ किसोर थापाले अब कोलनी मात्रै नभई सहर नै बनाउनेगरी टाउनसिप मोडालिटीमा जानुपर्ने उनको भनाइ छ। 

उनले आफ्नो घर आफैँ बनाउने भन्दा कम्पनीले व्यवस्थित बनाउने घरमा बस्ने बढ्दै गएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad