ad ad

कारोबार


अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्डको घट्यो

अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउण्डको घट्यो

नेपालखबर
माघ ३, २०८० बुधबार ५:४१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरो, पाउण्डसहित केही विदेशी मुद्राको भाउ घटेको छ। 

आज युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४९ पैसा थियो।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३  रुपैयाँ २२ पैसा तोकिएको छ। हिजो अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२  रुपैयाँ ९२ पैसा थियो।  

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा थियो।  

आज कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५० पैसा थियो। 

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४० पैसा तोकिएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ र बिक्रीदर ३५२ रुपैयाँ ५९ पैसा थियो।

आज बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो अस्टेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .