ad ad

कारोबार


जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै अलपत्र परे निगमका डेढ सय यात्रु

जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै अलपत्र परे निगमका डेढ सय यात्रु

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८० सोमबार १८:७, काठमाडौँ

नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आउँदा थाइल्यान्डको बैंकक जान लागेका डेढ सय यात्रु विमानस्थलमा अलपत्र परेका छन्।

त्रिभुवन विमानस्थलका अनुसार जहाज उडानको क्रममा प्राविधिक समस्या देखिएपछि उडान हुन नसकेको हो। 

विमानस्थलका प्रवक्ता सुवास झाले नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएको बताए। झाका अनुसार १५० यात्रु विमानस्थलमै छन्। 

‘जहाजमा प्राविधिक समस्या आएको भनिएको छ’, उनले भने, ‘यात्रुलाई विकल्प दिन्छ वा कसरी व्यवस्थापन गर्छ, नेपाल एयरलाइन्सको काम हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .