ad ad

कारोबार


चीन र भारतबाट बाहिरिने १५ करोड पर्यटकलाई नेपालले तान्नुपर्छ : वर्षमान पुन

चीन र भारतबाट बाहिरिने १५ करोड पर्यटकलाई नेपालले तान्नुपर्छ : वर्षमान पुन

नेपालखबर
पुस १९, २०८० बिहिबार १७:२७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताएका छन्।

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताए।

पूर्वमन्त्री पुनले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने बताए। उनले नेपालले चीन र भारतसँग प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको बताए।

उनले भने, ‘हाम्रा खास भारत र चीन छन्। चीन एक नम्बर र दुई भारतबाट पर्यटकहरु बढी आउने गर्दछन्। त्यस्तै तेस्रोमा अमेरिकाबाट पर्यटकहरु आइरहेका छन्’ उनले भने, ‘हामीले प्रतिष्पर्धा गर्नसक्ने बजार भनेको यही हो। किनभने हामीले ठूला ठूला उत्पादन गरेर चिनियाँ बजारमा वा भारतीय बजारमा पप्रतिष्पर्धा गर्न सक्दैनौँ। तर प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र यो हो। त्यही सम्भावनाअनुसार नै पर्यटकहरु पनि आइरहेका छन्।’

उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमानाकाका होटलहरु वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताए। उनले भारतसँगका सीमाना नजिकमा क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .