ad ad

कारोबार


थप १४ उद्योगको बिजुली लाइन काटियो (सूची)

थप १४ उद्योगको बिजुली लाइन काटियो (सूची)

नेपालखबर
पुस १४, २०८० शनिबार ८:१७, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर एव‌ं ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी महसुल नतिर्ने थप १४ उद्योगको बिजुलीको लाइन काटिदिएको छ। 

यही पुस ६ गतेदेखि यस्तो अभियान सञ्चालन गरिरहेकाे प्राधिकरणले  शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बक्यौता भएका उद्योगको विद्युत् लाइन काटिदिएको हो। 

विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापत प्रिमियमसहितको महसुल नतिरेका कारण उनीहरुको विद्युत् आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ।

विद्युत् प्राधिकरणका अनुसार शुक्रबार बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ), हिमाल आइरन एन्ड स्टिल (८ करोड १३ लाख रुपैयाँ), जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ), एभरेस्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ) को लाइन काटिएको छ।

यसैगरी कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नि सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ), बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ) को लाइन काटिएको विद्युत् प्राधिकरणले जनाएको छ। 

योसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् प्रयोग गर्ने २३ ग्राहकको लाइन काटिएको छ। 

प्राधिकरणले पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिदिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .