कारोबार


किंग्स कलेजले कम्प्युटर साइन्समा अध्यापन सुरु गर्ने

किंग्स कलेजले कम्प्युटर साइन्समा अध्यापन सुरु गर्ने

नेपालखबर
मंसिर २५, २०८० सोमबार १६:४६, काठमाडौँ

उद्यमशिलता शिक्षा प्रदान गर्दैआइरहेको किंग्स कलेजले स्वदेशमा प्रविधीको विकासमा योगदान पुर्याउने उदेश्यका साथ ब्याचलर्स अफ साइन्स इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने बताएको छ।

अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा सञ्चालन हुने यस चार वर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधीको क्षेत्रमा भइरहेको द्रुत विकासलाई आत्मसाथ गरी सोबाट लाभ लिन पछिल्लो पिँढीलाई सबल बनाउने उदेश्य राखेको छ।

यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षामात्र नभइ नवप्रबर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हालिस गर्ने औजार समेत भएको कलेजले जनाएको छ।

उसोत यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञानमात्र नदिएर बास्तविक विश्वपरिस्थितीमा सूचना प्रविधीको क्षेत्रमा देखापरेका समस्या समाधान गर्न समक्ष बनाउने कलेजले विश्वास लिएको छ।

शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितीको सामना गर्न सक्षम गराउनुका साथसाथै समयसान्दर्भिक शिप तथा सामथ्र्यको विकासमा सघाउर्ने सोच राख्दै कलेजले पछिल्लो समय सूचना प्रविधीको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्सको कार्यक्रम प्रमुख मनोज पाण्डेले जानकारी दिए।

उनका अनुसार ब्यक्ति तथा संस्थाहरुको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स कार्यक्रमको डिजाइन गरिएको र सम्बन्धित क्षेत्रमा काम तथा अध्ययनअनुसन्धान गरिरहेका ब्यक्तित्वहरुले यस विषयको अध्यापन गराउने बताइएको छ।  

‘कम्युटर प्रविधीको क्षेत्रमा ज्ञान र शिपको नविन लहरको श्रृजना गर्न अगाडी बढिरहँदा हामी निकै उत्साहित छाैँ,’ पाण्डेले भने।

आउँदो शैक्षिक शत्रदेखि ब्याचलर्स अफ साइन्स इन कम्युटर साइन्स्मा कक्षा सञ्चालन गरिने र सोको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको कलेजले बताएको छ। भने प्रविधीको क्षेत्रमा रुचि राख्ने विद्यार्थी, व्यवासयी एवं कप्युटर वैज्ञानिकहरुले यस कार्यक्रममा सहभागी हुन पाउनेछन्।

कलेजले भविष्यमा कम्युटर साइन्स्को स्नातकोत्तर कक्षा पनि संचालन गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .