ad ad

कारोबार


सेयरधितो कर्जा ४.२९ प्रतिशतले बढ्यो, एनआईसी र प्राइम कमर्सिलयको उच्च

कुन बैंकले कति पुर्‍याए लगानी?
सेयरधितो कर्जा ४.२९ प्रतिशतले बढ्यो, एनआईसी र प्राइम कमर्सिलयको उच्च

नेपालखबर
मंसिर ११, २०८० सोमबार १४:५८, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले ४.२९ प्रतिशतले सेयरधितो कर्जा लगानी बढाएका छन्। गत भदौको तुलनामा असोज मसान्तसम्म सेयरधितो कर्जा लगानी ४.२९ प्रतिशतले बढेर ८१ अर्ब १ करोड पुगेको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोजको तथ्यांकले सेयरधितो कर्जा ४.२९ प्रतिशतले बढेर ८१ अर्ब १ करोड पुगेको देखाउँछ।

भदौसम्म बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जामा ७७ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेका थिए।

पछिल्लो एक महिनामा यस्तो कर्जा ४.२९ प्रतिशत अर्थात् २ अर्ब ६३ करोड रुपैयाँ बढेको छ।

समग्र कर्जा खुम्चिरहेको अवस्थामा सेयरधितो कर्जा बढ्न थालेको हो। असोज मसान्तसम्म ११ बैंकले यस्तो कर्जा बढाएका छन्। ९ बैंककोचाहिँ घटेको छ।

एक महिनामा एनआईसी एसिया बैंकले मात्रै १ अर्ब ४९ करोड रुपैयाँ यस्तो कर्जा बढाएको छ।

असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ८१ अर्ब १ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्, जसमा वाणिज्य बैंकहरूको मात्रै ६३ अर्ब ३३ करोड २ लाख छ।

पछिल्लो एक महिनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, कुमारी, लक्ष्मी सनराइज, सानिमा, एनएबी र प्रभु बैंकको सेयरधितो कर्जा घटेको छ।    

यस अवधिमा नबिल बैंकले सर्वाधिक १० अर्ब ८० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। भदौ मसान्तसम्म बैंकको यस्तो कर्जा १० अर्ब १८ करोड थियो। भदौको तुलनामा असोजमा ६२ करोडको कर्जा बढाएको छ।

यस अवधिमा सबैभन्दा थोरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक छ। यस बैंकको २ करोड ३ लाख रुपैयाँ यस्तो कर्जा थपिएको छ।

अन्यको कति?

नेपाल बैंक
नेपाल बैंकले सेयर धितो कर्जा बढाएको छ। बैंकले असोज मसान्तसम्म आइपुग्दा ४ अर्ब ४५ करोड सेयर धितो कर्जा प्रवाह गरेको छ। भदौमा यस्तो कर्जा ४ अर्ब २७ करोड थियो। एक महिनामा यस बैंकले सेयरधितो वापत जाने कर्जा १८ करोडले बढाएको हो।

राष्ट्रिय वाणिज्य बैंक
असोजमा राष्ट्रिय वाणिज्य बैंकले सेयर धितो कर्जा बढाएको छ। २०८० भदौमा बैंकले ४ अर्ब ९ करोड रुपैयाँ गरेकोमा असोजमा बढेर ४ अर्ब २९ करोडमा पुगेको छ।  

नबिल बैंक
नबिल बैंकले सेयर धितो कर्जा बढाएको छ। भदौको तुलनामा असोजमा बैंकले सेयर धितो कर्जा ६२ करोड रुपैयाँ बढाएर १० अर्ब ८० करोड पुर्याएको छ।

एभरेस्ट बैंक
एभरेस्ट बैंकले सेयर धितो कर्जा वापत १ अर्ब ३१ करोड रुपैयाँ प्रवाह गरेको छ। जुन भदौको तुलनामा १० करोडले बढेको छ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले सेयर धितो कर्जा बढाएको छ। बैंकले भदौको तुलनामा असोजमा १ अर्ब ४९ रुपैयाँ सेयर धितो कर्जा बढाएको छ। असोज मसान्तसम्म आइपुग्दा बैंकले सेयरधितो वापत ४ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। भदौमा यस्तो कर्जा ३ अर्ब ९ करोड थियो। पछिल्लो एक महिनामा यस्तो कर्जा १ अर्ब ४९ करोड रुपैयाँ बढेको छ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले सेयर धितो कर्जा बढाएको छ। बैंकले असोज मसान्तसम्म आइपुग्दा ४ अर्ब यस्तो कर्जा प्रवाह गरेको छ। भदौमा बैंकले ३ अर्ब ९१ करोड प्रवाह गरेको थियो।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले ६ अर्ब २३ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ। भदौसम्म बैंकले ६ अर्ब १३ करोड रुपैयाँ प्रवाह गरेको थियो।

कृषि विकास बैंक
कृषि विकास बैंकले सेयरधितो कर्जा बढाएको छ। असोज मसान्तसम्म बैंकले यस्तो कर्जा १ अर्ब १७ करोड रुपैयाँ प्रभाव गरेको छ। भदौमा यस्तो कर्जा १ अर्ब १४ करोड थियो।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले सेयर धितो वापत ३ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ। भदौसम्म बैंकले ३ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले असोज मसान्तसम्म आइपुग्दा ४ अर्ब ३ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन्। भदौसम्म बैंकले ३ अर्ब ५६ करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको थियो।

९ बैंकको सेयर धितो कर्जामा गिरावट
माछापुच्छ्रे बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज, एनएमबी, प्रभु, सानिमा, नेपाल एसबीआई, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर धितो कर्जा घटेको छ। भदौको तुलनामा असोजमा यी ९ बैंकको सेयरधितो कर्जा घटेको हो।  

यी ९ वटै बैंकको सेयरधितो कर्जामा सामान्य गिरावट देखिएको छ।

असोजमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ५६ करोड, हिमालयन बैंकले २ अर्ब ५१ करोड, नेपाल एसबिआई बैंकले २ लाख ३ करोड, माछापुच्छ्रे बैंक ५० करोड, कुमारी बैंकले ३ अर्ब ७६ करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३३ करोड, एनएमबी बैंकले १ अर्ब ९ करोड, प्रभु बैंकले ३ अर्ब ५८ करोड र सानिमा बैंकले १ अर्ब २२ करोड सेयरधितो कर्जा प्रवाह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .