ad ad

कारोबार


९ वाणिज्य बैंकले गरे लाभांश घोषणा, सेयर किन्दा पाइन्छ बोनस

९ वाणिज्य बैंकले गरे लाभांश घोषणा, सेयर किन्दा पाइन्छ बोनस

नेपालखबर
मंसिर ६, २०८० बुधबार १३:७, काठमाडौँ

वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश घोषणा गरिरहेका छन्।

जम्मा २० वटा वाणिज्य बैंकमध्ये हालसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् भने बाँकी घोषणा गर्ने तयारीमा छन्।

लाभांश घोषणा गरेका ७ वाणिज्य बैंकले वार्षिक साधारणभास नै गरिसकेका छन्।

अहिलेसम्म नेपाल एसबीआई, ग्लोबल आईएमई, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, सिद्धार्थ, माछापुच्छ्रे, एभरेष्ट, एनआईसी एसिया र सानिमा बैंकले लाभांश घोषणा गरेका छन्।

नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश घोषणा गरेको हो। बैंकले बुक क्लोज मिति तय गरेको छैन। तसर्थ बुक क्लोज नगरेसम्म सेयर खरिद गर्दा बोनस सेयर हात पार्न सकिनेछ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले बुक क्लोज र साधारणसभाको मिति भने तय गरेको छैन। बुक क्लोज नगरेसम्म सेयर खरिद गर्दा बोनस सेयर हात पार्न सकिनेछ।

ग्लोबल आईएमई बैंकले गत आवको नाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस १ प्रतिशत र कर सहित ८ प्रतिशत नगद रहेको छ। बैंकले मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ। सभा प्रयोजनका लागि भन्दै मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ। मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको लाभांश हात पार्न सक्नेछन्।

सबैभन्दा बढी लाभांश एनआईसी एसिया बैंकले ३०.५२ प्रतिशत लाभांश सेयरधनीलाई दिएको छ। असोज २८ गते बसेको बैंकको वार्षिक साधारणसभाले बैंकले घोषणा गरेको लाभांश पारित गरेको हो।

यस्तै, माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिएको छ। जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश छ। असोज १८ गते बसेको बैंकको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिएको छ। बैंकको असोज २६ गतेको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो।

एभरेष्ट बैंकले सेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। जसमा बोनस १० र करसहित १०.५३ प्रतिशत नगद लाभांश रहेको छ। बैंकको सम्पन्न साधारणसभाले उक्त लाभांश पारित गरेको हो।

त्यसैगरी, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले बोनस ९ प्रतिशत र करसहित ५.७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। कात्तिक २ गते बसेको बैंकको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको छ।

सिद्धार्थ बैंकले गत आवको नाफाबाट ४.२१ नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ। सभा प्रयोजनका लागि बैंकले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ। कात्तिक २० सम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन्।

अझै १० वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ। गत आवको नाफाबाट लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, लक्ष्मी सन्‌राइज, प्रभु, नेपाल, कुमारी, कृषि विकास, प्राइम र हिमालयन बैंक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .