ad ad

कारोबार


भायानेटले ल्यायो चाडपर्वको मौसममा चार अविश्वसनीय छुट अफर

भायानेटले ल्यायो चाडपर्वको मौसममा चार अविश्वसनीय छुट अफर

नेपालखबर
असोज १८, २०८० बिहिबार १२:५८, काठमाडौँ

फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि–गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ एमबीपीएसको इन्टरनेट सेवा वार्षिक ८ हजार ४०० रुपैयाँको सुपथ मूल्यमा दिने घोषणा गरेको छ।

यसका साथै महान चाड दसैँ र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने भएको छ।

भायानेटको ‘चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ एमबीपीएस इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको जनाएको छ।

यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ। वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५० प्रतिशतसम्म छुटका लागि योग्य हुनेछन्। त्यसैले यस अभियानको नाम ‘चाडमा चौका’ राखिएको छ।

छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटर र वासिङ मेसिन रहनेछन्। चाडपर्वको अवधिमा यी वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन्। दसैँको समयमा यी वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्दछ।

सीमित अवधिको अफरमा उपलब्ध छुटहरू यसप्रकार छन्:

  • अल्टिमा वायरलेस इयरबड्सः भ्याटसहितको मूल्य रू १ हजार २२५ सम्ममा उपलब्ध छ।
  • हिमस्टार ४३ इन्च स्मार्ट टिभीः भ्याटसहितको मूल्य रु २७ हजार ५०० सम्ममा उपलब्ध छ।
  • हिमस्टार ५५ इन्च स्मार्ट टिभीस् भ्याटसहितको मूल्य रू ५४ हजार सम्ममा उपलब्ध छ।
  • हिमस्टार रेफ्रिजरेटरः भ्याटसहितको मूल्य रू १७ हजार ५१० सम्ममा उपलब्ध छ।
  • हिमस्टार वाशिङ मेसिनः भ्याटसहितको मूल्य रू ४१ हजार २०० सम्ममा उपलब्ध छ।

मङ्सिर ९ गतेसम्म मान्य रहने यो अविश्वसनीय अफरले ग्राहकहरूलाई उच्च गतिको इन्टरनेट र भायानेटबाट प्राप्त हुने विशेष छुटको आनन्द लिँदै आफ्नो स्मार्ट घरको स्तरवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्दछ।

इन्टरनेट योजनाहरूको बारेमा थप जानकारीको लागि कम्पनीको यो ठेगाना (लिंक) भिजिट गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .