ad ad

कारोबार


नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन

नेपाल महिला चेम्बरद्वारा आयोजित तीज मेलाको उद्घाटन

नेपालखबर
भदौ २४, २०८० आइतबार १२:३४, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बले तीजलाई लक्षित गरी 'ट्रेड शो तीज स्पेशल २०२३'  को आयोजना गरेको छ। 

नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका बिबिध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवर्द्धन महिलाहरुमा उद्यमशीलताको विकास गर्ने हेतुले आयोजित उक्त मेलाको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरे।

आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्बर महिलाहरुको विकासका लागि स्थापित यस मेलाले महिलाहरुको उद्यमशीलताको विकास तथा सामाजिक, सास्कृतिक रआर्थिक कृयाकलापहरुमा सहभागिताको वृद्धि हुने आशा व्यक्त गरे।

महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताउँदै अध्यक्ष मल्लले यस्तो रचनात्मक कार्यका लागि नेपाल महिला चेम्बरलाइ धन्यवाद दिए। 

उक्त अवसरमा लोकप्रिय गायिका रेखा शाह, नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा र दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना दिए। 

नेपाल महिला चेम्बरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको बताइन्। 

उक्त एक दिने मेलामा सांगीतिक कार्यक्रम, फेसन शो नृत्य लगायत कार्यक्रम समावेश भएको जानकारी उनले दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .