ad ad

कारोबार


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु, ४२ यात्रु लिएर थिम्पु उड्यो ड्रुक एयर (भिडिओ)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु, ४२ यात्रु लिएर थिम्पु उड्यो ड्रुक एयर (भिडिओ)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान थिम्पुका लागि उडेको ड्रुक एयरको विमान। तस्बिर : कृष्ण दवाडी/रासस


नेपालखबर
भदौ २३, २०८० शनिबार ९:२०, काठमाडौँ

सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ। 

शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए।

विमानमा चालक दलका तीनजना सदस्यसहित ४२ जना सवार छन्। 

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८:१५ मा थिम्पु फर्किएको हो।

यसअघि गएको असार ६ गते चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। 

त्यतिबेला चीनबाट चार्टर्ड गरेर आएको सो विमान यताबाट भने यात्रु नलिइ रित्तै फर्किएको थियो। 

विमानस्थलका प्रमुख कर्णले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल भइरहेको जानकारी दिए। 

गएको पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो।  विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्न सकिनेगरी पूर्वाधारको विकास गरिएको छ।

ड्रुक एयरको विमान उडेको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .