माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग, बालुवाटारमा ‘नेपाल पे’ र ‘फेन पे’ दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।
उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरि साउन २१ गतेदेखि सुरुवात गरेका हुन्।
विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ सो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्यूआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन्।
जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ।

प्रतिक्रिया