ad ad

कारोबार


अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो भए दुई नेपाली युवा

अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो भए दुई नेपाली युवा

नेपालखबर
साउन १७, २०८० बुधबार १८:४२, काठमाडौँ

ग्रीसको भोलसमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हासिल गरेका छन्।

गत जुलाई २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेका हुन्। 

यस अघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै ल्याएका थिए। त्यतिबेला ४२ ‍देशको सहभागिता रहेको थियो।

अहिले भने उक्त प्रतियोगितामा नेपाल सहित ४८ देशका विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमध्ये नेपाली युवाले ४५ देशलाई पछि पारेका हुन्।

उक्त प्रतियोगिताको विजेता क्यानडाका डेनियल जान र उपविजेता टर्कीका अल्प एलचिन रहेका छन्।

नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा २०२२ को डिसेम्बरमा र राष्ट्रिय प्रतिस्पर्धा २०२३ को फेब्रुअरीमा सम्पन्न भएको थियो। 

जसमध्ये पाँचॅ उत्कृष्ट प्रतिस्पर्धीहरु अनुभव ढुङ्गाना, अनुस्का सुवेदी, भागर्भ चटौत, भिक्टर हमाल र मयङ्क शंकर झाले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिएका थिए।

तीमध्ये हमाल र चटौतले तेस्रो स्थान हासिल गर्दै कास्य पदक ल्याएको नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक तथा टिम लिडर दीपक भण्डारीले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .