ad ad

कारोबार


आन्तरिक राजश्व विभाग सम्हाल्न बजेट महाशाखा प्रमुख खत्रीको ‘लबिइङ’

आन्तरिक राजश्व विभाग सम्हाल्न बजेट महाशाखा प्रमुख खत्रीको ‘लबिइङ’

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १७:४३, काठमाडौँ

अर्थमन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिरहेको छ। नयाँ सहसचिवका रुपमा अर्थमा आएका टोकराज पाण्डेलाई एयरपोर्ट भन्सार कार्यालय प्रमुख बनाइएको छ।

टोकराज विमानस्थल गएको भोलिपल्ट ठूला करदाता कार्यालय प्रमुख पनि फेरिएका छन्। 

अर्थमन्त्री प्रकाशशरण महतले ठूला करदाता कार्यालय प्रमुख रहेका राजेश्वर ज्ञवालीलाई मन्त्रालय तानेर लामो समयदेखि जिम्मेवारीविहीन जनकराज शर्मालाई पठाएका छन्। 

अर्थमन्त्रीले आन्तरिक राजश्व विभागको महानिर्देशक पनि फेर्ने चाहना बजेट सार्वजनिक गरेलगत्तै गरेका थिए। तर, महानिर्देशक दीर्घराज मैनालीको कार्यसम्पदान राम्रो देखिएको भन्दै रोकिएको थियो। 

अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयका अनुसार पछिल्लो समय आन्तरिक राजश्व विभागमा जान उत्तरकुमार खत्रीले तीव्र चाहना व्यक्त गरिरहेका छन्। 

बजेटअघि नै संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बरालले त्यहाँ जाने इच्छा राखेका थिए। उनलाई त्यस समयमा बजेटपछि आन्तरिक राजश्वको जिम्मेवारी दिने बताइएको थियो। 

तर, अहिले बजेट तथा कार्यक्रम महाशखा प्रमुख खत्रीले तीव्र चाहना देखारहेको सचिवालयका एक अधिकारी बताउँछन्। 

उनले भने, ‘बराल सर र खत्री सरको तीव्र चहना देखिन्छ। त्यसमा खत्री सरले विशेष चासोसहित इच्छा देखाइरहेको देखिएको छ।’

मन्त्रालय पनि सहसचिवको जिम्मेवारी हेरफेर गर्ने तयारी छ। प्रशासनतर्फका अधिकृत उत्तरकुमार खत्रीले उपसचिवमा राजश्व समूहतर्फ नाम निकालेका थिए। 

सहसचिव भएपछि उनी राजश्वको क्याडरका रुपमा आफूलाई परिचय दिँदै आएका छन्।  तर, उनीसँग त्यस मतहतमा काम गरेको अनुभव नभएको साल्लाह मन्त्रीलाई अन्यले दिइरहेका छन्। 

भूपाल बरालले मन्त्रीलाई आफू कांग्रेस लिगेशी भएको भन्दै आन्तरिक राजश्वको जिम्मेवारी दिँदा इमान्दार भएर काम गर्ने बताउँदै आएका छन्। 

तर खत्रीले नेपाली कांग्रेसकै नेता एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी सभापति शेरबहादुर देउवासम्म घरयासी सम्बन्ध रहेको बताउँदै आएका छन्।

मन्त्रालयका एक अधिकारी भन्छन्, ‘खत्री सर नै अहिले मन्त्रालयमा सबैभन्दा धेरै खटेर काम गर्नेमा पर्नुहुन्छ। मन्त्रीलाई अन्य महाशाखाको ब्रिफ्रिङ पनि उहाँले नै गर्दै आउनु भएको छ।’

पहिले पनि अर्थमन्त्रालयमा योजना , अनुमगन र मूल्याङ्कन महाशाखामा काम गरिसकेका  खत्री चैत २३ गते श्रम रोजागार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अर्थमा सरुवा भएका थिए। 

उनले चैत २४ गते नै उनले बजेट महाशाखा प्रमुखको जिम्मेवारी पाएका थिए। बजेट निर्माण काम सुरु गरिसकेको अर्थमन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी पाएका थिए। 

त्यसो त अर्थमन्त्रीले भने अहिलेसम्म कसैलाई पनि आन्तरिक राजश्व विभागको आश्वासन नदिएको सचिवालयले बताएको छ। दीर्घराज मैलानीको कार्यसम्पादनमा अर्थमन्त्री सन्तुष्ट रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .