बजार १२.६२ अंकले घटेको छ। आज १२.६२ अंकले घटेर २०८४.९३ विन्दुमा पुगेको हो।
आज बजार घटेपनि कारोबार भने बढेको छ। आज बजारमा ३ अर्ब ३९ करोड रुपैयाँ कारोबार भएको छ।
आज कारोबारमा आएका ५४ कम्पनीको सेयरमूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ। साथै, ५ कम्पनीको सेयरमूल्य स्थिर देखिएको छ। आज एनएमबी बैंकको ऋणपत्र सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।
त्यसैगरी शिवम सिमेन्टको सर्वाधिक २३ करोड ७५ लाखको कारोबार भएको छ।
33
Shares
प्रतिक्रिया