ad ad

कारोबार


अब डिसहोमका ग्राहकले घरमै बसीबसी हेर्न पाउँछन् नयाँ-नयाँ नेपाली फिल्म (भिडिओ)

अब डिसहोमका ग्राहकले घरमै बसीबसी हेर्न पाउँछन् नयाँ-नयाँ नेपाली फिल्म (भिडिओ)

नेपालखबर
असार १५, २०८० शुक्रबार १३:४६, काठमाडौँ

नेपाली फिल्म हलपछि सीधै डिसहोममा हेर्न मिल्ने भएको छ। योसँगै अब डिसहोमका ग्राहकले घरमै बसीबसी नयाँ-नयाँ नेपाली फिल्म हेर्न पाउने भएका छन्। 

सोही क्रममा ‘प्रेमगीत ३’ आजै (असार १५ गते) देखि डिसहोममा लागेको छ। उक्त फिल्मसहित छक्कापञ्जा ४ देखि नाइँ नभन्नु ल ६ सम्मका फिल्म डिसहोमका ग्राहकले हेर्न पाउनेछन्। नेपाली मात्र होइन, चर्चित हिन्दी फिल्मसमेत डिसहोमका ग्राहकले अब घरमै हेर्न पाउँदै छन्। तर डिसहोम डीटीएच जोडेका ग्राहकले मात्र यस्तो सुविधा पाउनेछन्। 

सुरुमै हेर्नेले सिनेमाघर च्यानलमा शुल्क तिरेर हेर्नुपर्ने छ। सिनेमा घरमा लागेको १ महिनापछि नियमित आउने च्यानलबाटै नि:शुल्क हेर्न पाइनेछ। डिसहोमको रमाइलो टीभी र मुभी प्लसले शनिबार वा कुनै चार्डपर्वका अवसरमा फिल्म देखाउने भएका छन्।

‘डिसहोमको उद्देश्य नेपालका चर्चित फिल्म सहरदेखि दुर्गमका ग्राहकले घरमै बसेर हेर्न पाऊन् भन्ने हो,’ डिस मिडिया नेटर्वकका उपाध्यक्ष रमेश सापकोटाले भने,‘अहिले नै हेर्नेले शुल्क तिरेर परिवारसँगै हेर्न पाउँछन्।  केही समयपछि नियमित आउने च्यानलमा शुल्क लाग्दैन।’

डिसहोमका करिब २० लाख ग्राहक छन्। तर सबै सक्रिय छैनन्। केहीले एक महिनाको रिचार्ज गर्छन् भने केहीले ६ महिना र १ वर्षको गरिरहेका छन्। एक वर्षदेखि रिचार्ज नगरेका ग्राहकले पनि जति रिचार्ज गर्छन्, त्यसको डबल बोनस दिने सुविधा ल्याएको छ। 

सहरदेखि दुर्गमसम्म ‘इन्टरटेन्टमेन्ट’ र ‘इन्फोटेन्टमेन्ट’ सेवा डिस मिडिया नेटवर्कले दिइरहेको छ।  चार्डपर्वको समयमा सपरिवार घरमै फिल्म हेरेर मनाउन नयाँ सुविधा ल्याइएको उनले बताए। 

३२५ तिरेर अहिल्यै फिल्म हेर्न पाइने

ग्राहकले सुरुमा डिसहोमको सिनेमाघर १०८ च्यानल नम्बरमा हेर्न सक्नेछन्।  हलमा हेरेजस्तै २/३ घण्टाका अन्तरमा शोहरु हुन्छन्।

डिसहोमले नेपालमा चलेका २१ वटा फिल्म देखाउने भएको छ। २१ वटा फिल्मलाई बढी चलेका र कम चलेका २ भागमा विभाजन गरिएको छ। ए क्याटोगरी फिल्मको प्रतिशो ३२५ रुपैयाँ र बी क्याटोगरीका फिल्म हेर्न २२५ रुपैयाँ शुल्क तोकिएको छ। 

यसबाहेक एक्सभीओडीबाट आफूले चाहेको समयमै फिल्म हेर्न मिल्ने सुविधा पनि छ। डिसहोमको सेटअप बक्समा वाइफाई डंगोल वा इथरनेट केवल जोडेका ग्राहकले एक्सभीओडीबाट चलचित्र हेर्न सक्छन्। 

रिचार्ज छ भने कस्टोमर सपोर्टमा फोन गरेर खुलाउन सकिन्छ। अहिले बाँकी रहेकै ब्यालेन्सबाट तथा छुट्टै रिचार्ज गरेर पनि हेर्न सकिन्छ।

डिसहोममा रिचार्ज सकिएका ग्राहकले डिलरदाइलाई रिचार्ज गर्न आग्रह गरेर पनि फिल्म हेर्न पाउँछन्। केही समयपछि डिसहोमको मोबाइल एपबाटै हेर्न मिल्ने व्यवस्था गरिँदै छ। 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .