ad ad

कारोबार


नबिल बैंकका २३ नयाँ शाखा थपिए

नबिल बैंकका २३ नयाँ शाखा थपिए

नेपालखबर
माघ १, २०७६ बुधबार १०:४१,

नबिल बैंक लिमिटेडले थप २३ स्थानमा आफ्ना शाखा सञ्जाल बढाएको छ। देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै एवम् अत्यावश्यक वित्तिय सेवाको प्रत्याभुत गराउँदैै आएको नबिल बैंकले ५ वटा प्रदेशमा नयाँ शाखा थपेको हो।

नयाँ थपिएका शाआहरुमा प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट शाखा तथा प्रदेश २ मा मिर्चैया, गोलबजार, शिराहा र चन्द्रपुर, प्रदेश ३ मा कमलबिनायक, हात्तिगौडा, कपन, गजुरी, बनेपा, पनौती र पर्सा शाखा रहेका छन्। यस्तै, प्रदेश ४ मा गैँडाकोट, दलदले र कावसोती तथा प्रदेश ५ मा चन्द्रौटा, बर्दाघाट र मणिग्राम गरी जम्मा २३ नयाँ शाखा रहेका छन्।

आम जनमानसमा सरल र सुलभ वित्तीय पहुच पुर्याउने उदेश्यका साथ नेपालको विभिन्न स्थानमा शाखा सञ्जाल विस्तार गरिएको बैंकले जनाएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समयअनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १०२ शाखा, १४३ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .