ad ad

कारोबार


सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा ‘बृहत वृक्षारोपण’

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा ‘बृहत वृक्षारोपण’

नेपालखबर
जेठ २२, २०८० सोमबार १९:८, काठमाडौँ

सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको शान्तिनगरमा बृहत वृक्षारोपण गरेको छ।

‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को अवसरमा २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोग गरेको छ।

हाल, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा बिस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट  करिब १५ लाख ७२ हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।

                          
                    

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .