नेपाल धितोपत्र बोर्डले सातवटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिएको छ। नयाँ ब्रोकर लाइसेन्सको आशय पत्र (एलओआइ) पाएका सात कम्पनीलाई लाइन्सेन्स दिइएको हो।
बोर्डले एलओआइ दिएका ४३ कम्पनीलाई पूर्वाधार निर्माण गर्न भनेको थियो।
पूर्वाधार तयार गरेका सात कम्पनीलाई लाइसेन्स दिएको बोर्डका एक अधिकारीले बताए।
‘यी कम्पनीले पूँजी पूरा गरी पूर्वाधार तयार गरेपछि लाइसेन्स पाएका हुन्,’ ती अधिकारीले नेपाल खबरसँग भने।
उनका अनुसार भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालय ब्रोक्रेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टी विजार्ड– सीमित कार्य गर्ने धितोपत्र कार्य गर्ने कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका छन्।
यी सबै कम्पनीले सीमित कार्य गर्ने गरि लाइसेन्स पाएका हुन ।
228
Shares
प्रतिक्रिया