ad ad

कारोबार


म्यारियट होटलले एक वर्षमै कमायो १ अर्ब बढी

म्यारियट होटलले एक वर्षमै कमायो १ अर्ब बढी

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १५:१४, काठमाडौँ

काठमाडौंको म्यारियट होटलको आम्दानी बढेको छ। एक वर्षमा नै १ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो। 

२०७७/०७८ मा २९ करोड रुपैयाँ मात्रै आम्दानी गरेकोमा अहिले ह्वात्तै बढेको छ। त्यसअिघ आर्थिक वर्ष २०७६/०७७ मा पनि ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

गत आर्थिक वर्षमा कम्पनीको आम्दानीबाट  कर, ब्याजसहितको नाफा ४०.६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो नाफा १०.२३ प्रतिशत रहेको छ। 

कम्पनीको आम्दानी मध्ये कोठा र सेवाबाट मात्रै ५२ प्रतिशत रहेको छ। खानेकुरा, पेयपदार्थ, मिटिङ, कन्फरेन्स, प्रदर्शनीबाट ४१ प्रतिशत आम्दानी गरेको छ। होटलको अकुपेन्सी दर ४९ प्रतिशत रहेको थियो। 

एभेरेष्ट होटल होस्पिटालिटी होटल लिमिटेड २०१३ मा दर्ता भए पनि २०२२ मा पब्लिक कम्पनीमा दर्ता भएको थियो। होटल म्यानेजमेन्टको लागि म्यारियट इन्टरनेशनलसँग सम्झौता गरेको छ। कम्पनीको अध्यक्षमा सुमित कुमार अग्रवाल छन् भने गौरव अग्रवाल प्रबन्धनिर्देशक छन्। 

१.३५ एकड जमिनामा फैलिएको होटलमा २१४ वटा कोठा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .