ad ad

कारोबार


वस्तुगततर्फको मतदान सकियो, कसले मार्ला वस्तुगत उपाध्यक्षमा बाजी?

वस्तुगततर्फको मतदान सकियो, कसले मार्ला वस्तुगत उपाध्यक्षमा बाजी?

वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवारत्रय


नेपालखबर
चैत २९, २०७९ बुधबार १६:३६, काठमाडौँ

उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फको मतदान सकिएको छ।

१२३ मतदाता रहेकोमा सबै मत खसेको निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार अहिले जिल्लानगर र एसोसिएटतर्फको मात्रै मतदान भइरहेको छ। 

वस्तुगततर्फको मतभार २० प्रतिशत रहने विधानको व्यवस्था छ। वरिष्ठ उपाधयक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार हुने व्यवस्था छ। 

वस्तुगत उपाध्यक्ष, जिल्लानगर उपाध्यक्ष र एसोसिएट उपाध्यक्षमा १/१ जना निर्वाचित हुनेछन्। 

जसमा अन्जन श्रेष्ठको प्यानलबाट मनिषलाल प्रधान, उमेशलाल श्रेष्ठको प्यानलबाट हेमराज ढकाल र रामचन्द्र संघईको तर्फबाट सुकुन्तलाल हिराचनले उम्मेदवारी दिएका छन्। 

महासंघमा वस्तुगततर्फ १२३ मतदाता रहेकोमा अहिलेसम्म ९७ जनाले मतदान गरेका छन्। 

एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता रहेकोमा अहिलेसम्म  ४ सय मतदाताले मतदान गरेका छन्। 

यता जिल्लानगरका ११८ मतदातामध्ये ४० मत खसेको छ। निर्वाचनबाट महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। 

नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन्। कुल ६४ पदमा हुने निर्वाचनमा ११८ जनाको उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्यसहित संस्थापक र द्विराष्ट्रिय पदमा गरी कूल ६४ पद रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .