ad ad

कारोबार


एमसीसी र यूएसएडमार्फत अमेरिका नेपालमा अनुदान थप्न इच्छुक

अर्थमन्त्री डा. महत र अमेरिकी राजदूत थमसनबीच भेट
एमसीसी र यूएसएडमार्फत अमेरिका नेपालमा अनुदान थप्न इच्छुक

नेपालखबर
चैत २२, २०७९ बुधबार १७:१२, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थम्प्सनले भेट गरेका छन्।

बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो।

कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल भएको थियो।

अर्थमन्त्री महतका अनुसार मिलेनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक देखिएको छ।

त्यसैगरी नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा. महतले जानकारी दिए।

‘आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ’, डा. महतले भने । 

नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको मन्त्री महतले बताए । उनले अमेरिकी सरकारको अनुदान सहयोगका लागि राजदूत थमसनलाई धन्यवाद दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .