ad ad

कारोबार


इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

फाइल तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १०:५२, काठमाडौँ

काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।

श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगालागी भएपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जहाजको दायाँतर्फको इन्जिनमा आगो लागेपछि उडान भरेको २३ मिनेटमा अवतरण गरिएको जानकारी दिए।

उनले अवतरणकै क्रममा इन्जिनमा लागेको आगो निभेको र जहाज सिंगल इन्जिनमा ल्यान्ड भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .