ad ad

कारोबार


यातायात मजदुरलाई छाड्न र मोबाइल पसलमा चोरी गर्नेलाई कारबाही गर्न निर्देशन

यातायात मजदुरलाई छाड्न र मोबाइल पसलमा चोरी गर्नेलाई कारबाही गर्न निर्देशन

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०७९ मंगलबार १५:१०, काठमाडौँ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलन गर्ने यातायात मजदुरलाई छाड्न र मोबाइल पसलमा चोरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। 

मन्त्री श्रेष्ठले यातायात मजदुर र यातायात व्यवसायीसँग छलफल गरी आन्दोलनका क्रममा प्रक्राउ परेकालाई छाड्ने र चोरी गर्ने जो कसैलाई पनि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्। 

‘यातायात व्यवसायीले लोत्से मलमा आफ्नो कार्यक्रम गर्न पाउनुपर्थ्यो’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नहुनुपर्ने घटना भएको छ। आन्दोलनका क्रममा प्रकाउ भएका मजदुरलाई छाड्नुपर्छ।’

यातायात मजदुरले आन्दोलनका क्रममा लुटपाट लगायतको घुसपैठ भई भएको मन्त्रीलाई जानकारी गराएका थिए। व्यवसायीले आन्दोलनको जिम्मेवारी लिएपनि चोरी लुटपाटमा सरकारले कारबाही गर्न सक्ने बताएका थिए। 

‘लुटपाटमा संलग्न व्यवसायी वा जो कोही भए पनि पक्राउ गर्नुपर्छ’, उनले भने। 

यातायात मजदुरले गोंगबु बसपार्कको व्यवस्थापन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका पंकज मल्ललगायतलाई कारबाही गर्न आग्रह गरेका छन्। उनीहरुले सोमबार शान्तिपूर्ण आन्दोलनमा गुन्डा लगाएको बताउँदै प्रहरीको गाडी आगजनी लगायतको काम गरेका छन्। 

प्रहरीले यातायात मजदुरलाई कुटपिट र पक्राउ गरेको भन्दै मंगलबार काठमाडौंमा सबै गाडी ठप्प पारेका थिए। मजदुर कुटपिट गर्नेलाई कारबाही गर्ने बताएका छन्। 

हालसम्म आपराधिक क्रियाकलापमा संलग्न १० जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।  

‘१० जना पक्राउ गरेर महाराजगन्ज वृत्तको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले भने, ‘लुटपाट, आगजनीमा संलग्नमाथि म्यादथप गरेर मुद्दा चलाउँछौँ।’

यातायातको आन्दोलन स्थगित
यातायात मजदुर तथा व्यवसायीले काठमाडौं उपत्यकामा गरेको आन्दोलन स्थगित गरेका छन्।

सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै मंगलबार काठमाडौंमा बन्दको घोषणा गरेका मजदुरले आन्दोलन फिर्ता गरेका हुन्। 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई सरकारले आफ्ना माग सम्बोधन गर्न तत्परता देखाएकाले गाडी नचलाउने आन्दोलन फिर्ता  लिएको जनाए। 

मन्त्री श्रेष्ठले यातायात सबैको सरोकारको विषय भएकाले आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। 
 
‘यातायात मजदुर वा व्यवसायीका जायज मुद्दा सम्बोधन गर्दै जान्छौँ’, मन्त्री श्रेष्ठले भने, ‘मजदुरले पनि कानुन पालना गर्न गर्नुपर्छ।’

उनले राष्ट्रिय यातायात क्षेत्रलाई प्राथमिकता क्षेत्र  भएको बताएका छन्। उनले यातायातको समग्र समाधान गर्न कार्यदल बनाइसकेको बताउँदै तत्कालको समस्या समाधान गर्न नयाँ कार्यदल पनि बनिसकेको बताए। 

तत्कालको समस्या समाधान गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा कार्यदल बनेको छ। एक हप्तमा कार्यादलले रिपोर्ट बुझाउने उल्लेख गरेका छन्। 

यातायात मजदुरले उपत्यकाको आन्दोलन स्थगित भए पनि देशभर घोषणा गरेका शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .