ad ad

कारोबार


नेपालको ‘ब्यालेन्स अफ पेमेन्ट’ झण्डै १ खर्ब बचतमा

नेपालको ‘ब्यालेन्स अफ पेमेन्ट’ झण्डै १ खर्ब बचतमा

नेपालखबर
माघ २३, २०७९ सोमबार १६:६, काठमाडौँ

नेपालको ‘ब्यालेन्स अफ पेमेन्ट’ अर्थात् शोधनान्तर स्थिति बचतमा देखिएको छ। चालू आर्थिक वर्षको ६ महिना अवधीमा ९७ अर्ब १० करोडले बचतमा देखिएको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति ६ महिना  ७३ करोड ४४ लाखले बचतमा रहेको राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कले देखाएको छ। 

चालू आर्थिक वर्षको ६ महिना अवधीमा चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता ६ महिना २३ करोड ३३ लाखले घाटामा रहेको छ।

६ महिना अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु।११ अर्ब ३४ करोड रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .