कारोबार


काठमाडौँ महानगरले ९ हजार ‘फ्लेक्स बोर्ड’ हटायो

काठमाडौँ महानगरले ९ हजार ‘फ्लेक्स बोर्ड’ हटायो

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०७९ बिहिबार १३:१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत परिचय पाटी हटाएको छ।

मापदण्ड पूरा गरे पनि शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो।

असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो। 

मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई महानगरले भनेको थियो।

तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जनाएको छ। 

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर पनि हटाउने अभियान जारी छ। 
 
महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ छ। 

१५ वर्ग फुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ  तोकिएको छ। 

१५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका परिचय पाटीको प्रतिवर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .