ad ad

कारोबार


रिडी पावर कम्पनीलाई नेप्सेले सोध्यो ३ दिने स्पष्टीकरण, सेयर कारोबार रोक्का

रिडी पावर कम्पनीलाई नेप्सेले सोध्यो ३ दिने स्पष्टीकरण, सेयर कारोबार रोक्का

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:८, काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले रिडी पावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। 

कारोबार समयमा सञ्चालक समितिको बैठक बसी सेयर कारोबार र मूल्यसँग सम्बन्धित संवेदनशील सूचना र जानकारी सर्वसाधारणलाई नदिई मूल्यमा प्रभाव पारेको भन्दै कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। 

यसबारे ३ दिनभित्र स्पष्टीकरण पेस गर्न पनि नेप्सेले कम्पनीलाई निर्देशन दिएको छ। 

यही ६ गते कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो। सेयर कारोबार ११ बजेदेखि सुरु हुन्छ। सोही समयमा बैठक बसी कम्पनीले आव २०७८÷०७९ को लागि ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। 

यससम्बन्धी जानकारी नेप्सेमा सोही दिन दिउँसो ३ः५५ बजे नट्सको लगइनमार्फत जानकारी गराए पनि धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ (१) (घ) बमोजिम जानकारी नगराएको नेप्सेले जनाएको छ। 

‘सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको’, नेप्सेले भनेको छ, ‘सोही विनियमावलीको विनियम १६ (१) (ख)मा भएको व्यवस्थाअनुरुप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको छ।’

अब कम्पनीले लाभांशबारे ३ दिनभित्र कारण पेस गर्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .