ad ad

कारोबार


‘लोडसेडिङबारे सोच्नै पर्दैन, तिहारमा विद्युत् बढी भएर खेर जान्छ’

‘लोडसेडिङबारे सोच्नै पर्दैन, तिहारमा विद्युत् बढी भएर खेर जान्छ’

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार २०:७, काठमाडौँ

केही वर्षअघिसम्म लक्ष्मी पुजाको दिन पनि विद्युत् कटौति हुन्थ्यो। झिलिमिली हुने पर्वको तिहार अन्धकार बन्दा सबैलाई नमज्जा लाग्थ्यो। तर विद्युत् कटौतिको युग सकिएको छ। 

विद्युत् बढी प्रयोग गर्न प्राधिकरणले आह्वानसमेत गर्दै आएको छ। 

प्राधिकरण भन्छ, ‘यो वर्षको तिहारमा त विद्युत् कटौति हुने होइन, धेरै विद्युत् प्रयोग नभएर खेर जानेवाला छ।’ 

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार यो वर्षको तिहारमा जति उत्पादन हुन्छ, त्यसमा ६ सय मेगावाट हाराहरीमा विद्युत्प्रयोग नै हुने स्थिति छैन।

उनी भन्छन्, ‘सबै विद्युत्गरेर अहिले १९ सय मेगावाटा दैनिक उत्पादन छ र तिहारमा धेरै विद्युत्प्रयोग भयो भने साढे १२ सयदेखि १३ सय मेगावाटसम्म मात्रै हुन्छ। त्यो पनि निर्यातसम्म जोडेर हो।’

यो समयमा उद्योगधन्दाहरु धेरै चल्दैन। त्यसकारण विद्युतको माग नै कम हुने देखिन्छ। विदा मनाउन उद्योग कलकारखानाहरु बन्द हुन्छन्। तयसले गर्दा उत्पादिन विद्युत्खपत कम भएर खेर जाने आकलन विद्युत् प्राधिकरणको छ।

भट्टराई भन्छन्, ‘लोडसेडिङ तथा विद्युत्जोहो छ वा छैन भरेर सोच्नु नै पर्दैन प्रयोग नभएर खेर जाने निश्चत छ।’ 

दसैँको समयमा पनि दैनिक ७ सय मेगावटा विद्युत् खेर गएको प्राधिकरणको भनाई छ। 

दसैँमा उत्पादिन विद्युतमध्ये ३६४ मेगावटा विद्युत्भारत निर्यात भयो। १९ सय मेगावटा हाराहरीमा उत्पदान थियो। तर विदाको कारण प्रयोग स्वाट्टै घट्यो। त्यसकारण दसैँमा सबै गरेर दैनिक ७ सय मेगावाट विद्युत् प्रयोगविहीन रह्यो

तिहारमा पनि दसैँको भन्दा १ सय मेगावाट कम अर्थात् ६ सय मेगावाट विद्युत्उपयोग बाहिर जाने सम्भावना रहने आकलन प्राधिकरणले गरेको छ।

विद्युत् निर्यातको अवस्था
चालु आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। 

देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत्नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ। 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत्गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। 

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो।

त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत्भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ।

भारतसँगको विद्युत्व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत्बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ। भदौमा मात्र विद्युत् विक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ। 

हरेक महिना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु) नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका बताएको छ। 

प्राधिकरणले चालु आवमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छ। मंसिरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकियो भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेको प्राधिकरणले बताएको छ। 

तिहारमा थप विद्युत् निर्यातको सहमतिका लागि प्रस्ताव पठाएको बताउँदै प्राधिकरणले त्यहीअनुसार बिक्री गरेर आम्दानी बढाउन सकिने जनाएको हो।

प्राधिकरणले आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिष्पर्धी दरमा विद्युतको कारोबार  गर्दै आएको छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ। 

प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा छ। चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा रहेको प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .