कारोबार


‘उत्पादनअनुसार प्रयोग हुन नसक्दा दैनिक ८ सय मेगावाट विद्युत् खेर गइरहेको छ’

भारतले बिजुली किन्न मानेन : विद्युत् प्राधिकरण
‘उत्पादनअनुसार प्रयोग हुन नसक्दा दैनिक ८ सय मेगावाट विद्युत् खेर गइरहेको छ’

नेपालखबर
असोज १९, २०७९ बुधबार १५:४४, काठमाडौँ

आन्तरिक माग घट्दा र भारतले किन्न नमान्दा दैनिक ७ सयदेखि ८ सय मेगावाटसम्म विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका एक कर्मचारीका अनुसार भारतलाई करिब २१२ मेगावाट विद्युत् खरिदका लागि नेपालले प्रस्ताव गरेको छ तर उसले स्वीकृति दिइरहेको छैन। अर्कातर्फ आन्तरिक माग पनि घट्दा दैनिक ७ सयदेखि ८ सय मेगावाटसम्म विद्युत् खेर गइरहेकाे हो। 

‘दसैँका बेला कलकारकाखाना बन्द छन्, जसले गर्दा विद्युतको खपत घट्यो। अनि पानी पनि पर्यो, तराईतिर पानी पर्दा विद्युतको माग स्वाट्टै घट्यो’, ती कर्मचारीले बुधबार नेपालखबरसँग भने, ‘अर्थात् आन्तरिक रूपमा विद्युतको माग घट्यो, हाम्रा आयोजनाहरूको उत्पादनचाहिँ पूर्ण क्षमतामा छ, जसले गर्दा विद्युत् खेर गइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad