राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किङ्गस कलेज बीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम 'ओथारो'मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि ओथारो कार्यक्रममार्फत किङ्गस कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यावसायिक नवप्रवर्तन योजना माग गरी उत्कृष्ट योजना छनौट गरीे परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ।
तालिमप्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ। सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले उद्यमशीलता बन्न चाहने युवाहरुलाई लक्षित यो कार्यक्रमले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए। किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले यस्तो सम्झौताले उद्यमशीलता गर्न चाहने युवाहरुलाई व्यवसायी बन्न सहयोग पुग्ने बताए।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले ब्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जा प्रवाह र राज्यले अवलम्बन गरेको यस सम्बन्धी नीतिका बारेमा प्रकाश पार्दै सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिए। कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषभ भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए।
उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, विनयरमण पौडेल, दुर्गा छत्कुली कँडेल, कलेजका पार्टनरसीप तथा विकास प्रमुख प्रज्वल खड्का, उदगम खड्का लगायतको उपस्थिति रहेको थियो ।
Shares
प्रतिक्रिया