कारोबार


चालू आवको सुरुमै घट्यो विदेशी मुद्रा सञ्चिति, ८ महिनाको आयात थेग्ने

चालू आवको सुरुमै घट्यो विदेशी मुद्रा सञ्चिति, ८ महिनाको आयात थेग्ने

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १६:५५, काठमाडौँ

चालू आर्थिक वर्षमा पनि विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको छ। 

असार महिनाको तुलनामा साउनमा १८ अर्ब रुपैयाँले विदेशी मुद्रा सञ्चिति घटेको हो।  

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ। 

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad