ad ad

कारोबार


‘ग्लोकल टीन हिरो’ अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

‘ग्लोकल टीन हिरो’ अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा

नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १८:१७, काठमाडौँ

वाईवाई ग्लोकल टिन हिरो २०२२ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ। देश भरिका किशोर किशोरीहरूबाट कुल ६४८ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो नेपालको यो आठौँ संस्करण हो। 

आयोजकका अनुसार यस वर्ष सेप्टेम्बर १, २०२२ मा अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाईवाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिनेछ।

वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीहरु आशिष शाह (धनुषा–शिक्षा प्राविधिक), विमर्ष पौडेल, (चितवन–चलचित्र निर्माता), दर्शना रिजाल (मोरङ–महिला अधिकारकर्मी), निश्चल सिंह विष्ट, (अछाम–इकोप्रेनेउर), राहुल रञ्जन शाह (धनुषा, खगोल विज्ञान प्रेमी), र सृजना गौतम (मोरङ, सामाजिक कार्यकर्ता) रहेका छन्।

अन्तिम ६ प्रतिस्पर्धीको कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२२ को बिजेता घोषणा गरिने आयोजकले जनाएको छ। 

यस वर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डि र व्यवसाय विकास निर्देशक विधुसी राणा, नेपालका लागि कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष, सौरभ ज्योति रहेका छन्।

यस वर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। प्रतिस्पर्धीहरुलार्ई भोट गर्न, आफूलाई मनपर्ने फाइनलिस्टको भोटिङ कोड ३३००१ मा एसएमएस गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .