ad ad

कारोबार


सुरु भयो सातौँ आईसीटी अवार्डको अनलाइन नोमिनेसन

सुरु भयो सातौँ आईसीटी अवार्डको अनलाइन नोमिनेसन

नेपालखबर
असार १७, २०७९ शुक्रबार ११:५५, काठमाडौँ

आईसीटी अवार्डको सातौँ संस्करणको अनलाइन नोमिनेसन (आवेदन) आज जुलाई १ देखि सुरु भएको छ। 

लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आईसीटी अवार्ड २०२२’ को नोमिनेसन आज शुक्रबारदेखि सुरु भएको हो।  

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वषर््ा परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ।

आईसीटी अवार्ड २०२२ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेसन खुल्ला गरिएको र अनलाइन नोमिनेशन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। 

उनका अनुसार, आईसीटी अवार्डमा प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन्। अवार्डमा नोमिनेशन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ।

आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले मंसिरमा आयोजना हुनेछ। यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणमका छनौट प्रकृयालाई अगाडि बढाउनेछ। 

१२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेसन, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ। यस वर्ष २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

यस वर्ष नोमिनेसन खुल्ला गरिएको ११ विधाहरुमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरु रहेका छन्। 

आईसीटीको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन्। 

यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन्। 

यस वर्ष आयोजकले गत चैत र जेठ महिनामा सातौ प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना गर्दै प्रदेश स्तरीय उत्कृष्ट स्टार्टअपहरु छनौट गरिएको आयोजक समितिका अध्यक्ष लम्सालले बताए।

११ विधाबाहेक हरेक प्रदेशका उत्कृष्ट स्टार्टअपहरुले ग्राण्ड फिनाले कार्यक्रममा सम्मान प्राप्त गर्नेछन। यसैगरी अन्तराष्ट्रि«य स्तरलाई पनि लक्षित गरेर केही समयपश्चात् कुनै एक विधा घोषणा गरिने आयोजकले जनाएको छ। 

यसैगरी काठमाडौंमा सातै प्रदेशबाट छनौट भएको ४० बढी स्टार्टअप र अवार्डबाट तेस्रो चरणमा छनौट हुने दर्जनौ स्टार्टअपहरुको विशेष सेसन ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ काठमाडौंमा पनि सञ्चालन हुनेछ।

गत वर्ष आयोजना भएको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ मा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो। गत वर्ष स्टार्टअप आईसीटी अवार्ड खेतीले प्राप्त गरेको थियो भने प्रडक्ट आईसीटी अवार्ड प्राप्त गरेको थियो। मुशुरले राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड २०२१ प्राप्त गरेको थियो। 

मनोहर भट्टराई, बिनय बोहोरा, प्रशन्न ढुंगेल र गुण केशरी प्रधानले क्रमश पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१ प्राप्त गरेका थिए। भूमि व्यवस्थापन विभाग, नेपाल क्लियरिङ हाउसले गतवर्ष क्रमश डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस अवार्ड प्राप्त गरेका थिए।

यसैगरी कालिका मानवज्ञान र रातो बंगला स्कुलले डिजिटल एजुकेशन आईसीटी अवार्ड पब्लिक र प्राइवेट सेक्टरको अवार्ड प्राप्त गरेका थिए। आईसीटी अवार्ड २०२१ मा ५०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो। 

आयोजकले वुधवार आयोजना गरेको छलफल कार्यक्रममा सल्लाहकार र जुरी समितिले अवार्ड अझ उत्कृष्ट बनाउनको लागि सुझावहरु दिएका थिए। आईसीटी अवार्ड नेपालको प्रविधि क्षेत्रमा नयाँ आइडिया र स्टार्टअपदेखि विशिष्ट योगदान दिएका व्यक्ति र सस्थाहरुलाई सम्मान गर्ने महत्वपूर्ण कार्यक्रमको रुपमा स्थापित भएको र यसले सबैको विश्वास जितेको सल्लाहकार तथा योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उक्त छलफल कार्यक्रममा बताए।

यसैगरी जुरी समितिका शुसिल पोखरेलले नेपालमा आयोजना हुने अवार्डहरु मध्ये आईसीटी अवार्डको छुट्टै चार्म रहेको र यसले स्टार्टअप र इन्नोभेटरहरुको लागि महत्वपुर्ण प्लाटफर्मको विकास गरेको बताए। 

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन्। स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन्।   

यी हुन् आईसीटी अवार्ड २०२२ का ११ विधाहरु 
१. स्टार्टअप आईसीटी अवार्ड 
२. प्रडक्ट आईसीटी अवार्ड 
३. राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड 
४. पायोनियर आईसीटी अवार्ड 
५. नेपाली डायस्पोरा आईसीटी अवार्ड 
६. आन्टरप्रेनर आईसीटी अवार्ड 
७. वुमन आइकन आईसीटी अवार्ड 
८. डिजिटल एजुकेशन आईसीटी अवार्ड (पल्लिक सेक्टर)
९. डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइवेट सेक्टर)
१०. डिजिटल गभर्नेन्स आईसीटी अवार्ड 
११. डिजिटल सर्भिसेस आईसीटी अवार्ड
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .