नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ।
बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको छ।
93
Shares
प्रतिक्रिया