उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आकस्मिक पत्रकार सम्मेलन गर्दै छन्। पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न उनले आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका हुन्।
पेट्रोलियम पदार्थको मूल्य सम्बन्धमा महत्वपूर्ण योजना घोषणा गर्न आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको मन्त्री बडूको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार मन्त्रालयमा मध्यान्ह सवा १२ बजे पत्रकार सम्मेलन सुरु हुनेछ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो।
असार ११, २०७९, शनिबार
567
Shares
प्रतिक्रिया