ad ad

कारोबार


राष्ट्र बैंकले संशोधन गर्‍यो  सुनचाँदीको खरिदबिक्री कार्यविधि, असर्फीको मूल्य निर्धारणमा फेरबदल

राष्ट्र बैंकले संशोधन गर्‍यो  सुनचाँदीको खरिदबिक्री कार्यविधि, असर्फीको मूल्य निर्धारणमा फेरबदल

फाइल तस्बिर


नेपालखबर
असार ९, २०७९ बिहिबार १५:८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा धातुको खरिदबिक्रीसम्बन्धी कार्यविधि संशोधन गरेको छ। 

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि २०७५ मा संशोधन गरेको हो। 

यसअनुसार अब कार्यविधिको खण्ड ख बमोजिम गणना गरिएको आधार मूल्यमा टकमरी गर्दाको जर्तीलगायतको लागतबापत प्रतिग्राम तीन सय रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक बिक्री मूल्य निर्धारण गर्ने व्यवस्था गरिएको छ। 

तर सर्वसाधारणबाहेक नेपाल सरकारका निकायहरु वा निजी तथा सार्वजनिक संघ÷संस्थाहरुबाट असर्फी खरिदको लागि माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा बिक्री गर्न सकिनेछ।

यसरी बिक्री गर्दा खण्ड ‘ख’बमोजिमको आधारमूल्यमा जर्तीलगायतको लागतबापत प्रतिग्राम ५ सय रुपैयाँ थप गरी बिक्री मूल्य निर्धारण गर्न पाइने राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागल टक्सार महाशाखाले एक सूचनामार्फत उक्त जानकारी दिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .