ad ad

कारोबार


रुस्लान एफएम फेरि सञ्चालनमा

रुस्लान एफएम फेरि सञ्चालनमा

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १६:८, काठमाडौँ

केही समयदेखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ पुनः सञ्चालनमा आएको छ।

गीतलाई मात्र प्राथमिकता दिने यो एफएममा नेपाली, हिन्दी र अंग्रेजी गीतहरु सुन्न सकिन्छ। 

‘पहिलाभन्दा भव्य तरिकाले सञ्चालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरि बस्ने सोचसहित कोभिडपश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौँ’, एफएमका प्रमुख मार्केटिङ अधिकृत, वैभव शर्माले भने।   

बिहान ६ बजे बाट राति १२ बजेसम्म सञ्चालन हुने रुस्लान एफएम ९५.२मा बिहान ६ देखि ८ बजे सम्म वर्कआउन बिट्स, बिहान ८ देखि ११ बजेसम्म रस आवर बिट्स, बिहान ११ देखि दिउँसो ४ बजे सम्म चिल बिट्स, दिउँसो ४ देखि बेलुकी ७ बजेसम्म इन–ट्रेन्ड र बेलुकी ७ देखि राति १२ बजेसम्म भाइब्रेन्ट बिट्स गरी ५ विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .