ad ad

कारोबार


थाइराइडका बिरामीहरुलाई अल्का अस्पतालमा छुट, टीएफटी परीक्षण निःशुल्क

थाइराइडका बिरामीहरुलाई अल्का अस्पतालमा छुट, टीएफटी परीक्षण निःशुल्क

नेपालखबर
जेठ ११, २०७९ बुधबार ११:३१, ललितपुर

थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। 

विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाइ लक्षित गर्दै निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको हो। 

अल्का अस्पताललको प्राङगणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ।

निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका बिरामीहरुलाई गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याब परीक्षणहरुमा भारी छुट गरिएको अल्का अस्पताल प्रशासन प्रमुख भगवान केसीले जानकारी दिनुभयो। 

शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फलो अप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए। 

शिविर गर्नुअघि थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले जनचेतनामूलक र्याली निकालेको थियो। अल्का अस्पतालबाट सुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुँदै पुनः जावलाखेल आएर सकिएको थियो।

र्यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपांगता भएका व्यक्ति रमेश नेपालीले रिवन काटेर उद्घाटन गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .