ad ad

कारोबार


सिटिजन लाइफको ब्राण्ड एम्बेसडरमा महजोडीको निरन्तरता

सिटिजन लाइफको ब्राण्ड एम्बेसडरमा महजोडीको निरन्तरता

नेपालखबर
माघ २, २०७८ आइतबार २२:५, काठमाडौँ

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा वरिष्ठ हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ।

कम्पनीको स्थापना कालदेखि नै ब्राण्ड एम्बेस्डर रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए।   

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कलाकारद्वय श्रेष्ठ र आचार्यको हस्ताक्षर रहेको छ।

सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन्। 

हस्ताक्षर समारोहमा कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बीमा गराएर उनीहरुको जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पुर्याउन र नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स जस्तो संस्थाको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए। जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुर्याई सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यमा सधैँ साथ दिने प्रतिवद्धता पनि जनाए।

कलाकारद्वयले व्यवसायिक कारोबार शुरुवात गरेको छोटो समयमानै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेकामा सिटिजन लाइफलाई बधाई दिए। साथै देशभरी रहेका सिटिजन लिडरहरुले बीमा दूतको रुपमा समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .