ad ad

कारोबार


माछापुच्छ्रे बैंकका ग्राहकले एमआई शाओमी र पोको फोन किस्तामा किन्न पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले एमआई शाओमी र पोको फोन किस्तामा किन्न पाउने

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १४:१०, काठमाडौँ

माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकले एमआई शाओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत ईएमआईमा पाउने भएका छन्। 

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंक र भास्टल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधामार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौतामा हताक्षर गरिएको हो। 

उक्त सम्झौतापत्रमा भास्टल इम्पेक्सको तर्फबाट डाइरेक्टर नितेश कुमार मन्ुद्र तथा माछापुच्छ«े बैंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका थिए। 

सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआईमा इन्स्टापेमार्फत १५ हजारदेखि उक्त ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु गरिद गर्न सक्नेछन्। 

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इन्स्टापेबाट पाउन सक्नेछन्। हाललाई यो सुविधा भास्टल इम्पेक्सको काठमाडौंस्थित शोरुममार्फत प्रदान गरिनेछ। 

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा  प्रदान गर्दै आएको छ । 

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाखभन्दा बढी ग्राहकमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .