ad ad

कारोबार


बैंकहरुको निक्षेप वृद्धिदर ह्वात्तै घट्यो

बैंकहरुको निक्षेप वृद्धिदर ह्वात्तै घट्यो

नेपालखबर
पुस २९, २०७८ बिहिबार १६:१६, काठमाडौँ

चालू आर्थिक वर्षको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप वृद्धिदर ह्वात्तै घटेको छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.५ प्रतिशतले बढेको थियो । 

वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.९ प्रतिशतले बढेको छ ।

२०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.१ प्रतिशत, ३१.५ प्रतिशत र ५४.३ प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३३.१ प्रतिशत र ५०.० प्रतिशत रहेको थियो ।

२०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९.० प्रतिशत रहेको छ । २०७७ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .