एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले आफ्नो ७५ औँ जन्मदिन विभिन्न सामाजिक सेवा गरी मनाएका छन्।
सो अवसरमा सञ्चालन गरिएको आँखा शिविरमा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया गरिएको दुगड ग्रुपले जनाएको छ ।
विभिन्न ६ स्थानमा आयोजना गरिएको शिविरमा अधिकांश वृद्धवृद्धा लाभान्वित भएका छन्। शिविरमा ९५० जनाले आँखा जाच गरेका थिए, जसमध्ये ६० जनाको मोतियाविन्दुकाे र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यक्रिया गरिएको थियो।
यस्तै, ६६६ युनिट रगत संकलन गरी वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ भने २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई उच्चशिक्षा अध्ययनको छात्रवृत्ति घोषण गरिएको छ।
त्यसै गरी दुगड़का देशभर रहेका शाखाका कर्मचारीहरुले देशव्यापी रुपमै वृहत वृक्षरोपण पनि गरेका थिए। जसबाट विभिन्न जातका २७३५ वटा विरुवाहरु रोपिएको छ।
Shares
प्रतिक्रिया