कर्णाली प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ। प्रदेश आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदमा कर्मचार मागेको हो।
प्रकाशित विज्ञापनअनुसार अप्राविधिक पाँचौं तह खुला ६८, महिला १८ र आदिवासी जनजातितर्फ ६ जना कर्मचारी आवश्यक छ। यस्तै प्राविधिकतर्फ सब–इन्जिनियरतर्फ खुला ३७, महिला १२ आदिवासी जनजाति २ जना माग गरिएको छ।
यसैगरी कृषि तथा पशु प्राविधिक, हेल्थ असिस्टेन्ट स्टाफ नर्सलगायत विभिन्न कर्मचारी माग गरिएको छ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ।
57
Shares
प्रतिक्रिया