ad ad

कारोबार


१२ करोड कर छल्ने ५ जनाविरुद्ध राजस्व अनुसन्धानले हाल्यो मुद्दा

१२ करोड कर छल्ने ५ जनाविरुद्ध राजस्व अनुसन्धानले हाल्यो मुद्दा

नेपालखबर
मंसिर २०, २०७८ सोमबार १८:८, काठमाडौँ

राजस्व अनुसन्धान विभागले ५ व्यापारीविरुद्ध २४ करोड ४१ लाख २२ हजार ४ सय ६६ रुपैयाँ सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ। 

विभागले उच्च अदालत पाटनमा करछली गरेको आरोपमा पाँच व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो। 

बाराको करैया गाउँपालिका ७ मा रहेको यादव बिजनेस ट्रेडलिंकका प्रोपाइटर सोनालालप्रसाद यादव, सानुकुमार श्रेष्ठ, मुकेशकुमार झा, परमेश्वर साह र जयकिशोर साहविरुद्ध मुद्दा चलाएको हो। 

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झूठो तथा नक्कली कर बीजक खरिद गरेर मूल्यअभिवृद्धि कर र आयकर समेत छली गरेको विभागले जनाएको छ। 

विभागका अनुसार उनीहरुले ४ करोड ४१ लाख १९ हजार २६ रुपैयाँ र आयकरतर्फ ७ करोड ८९ लाख ४२ हजार २ सय ७ रुपैयाँ करछली गरेका छन्। 

सोहीअनुसार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ अनुसार करछलीको १२ करोड २० लाख ६१ हजार २ सय ३३ रुपैयाँ र बिगोको शतप्रतिशत जरिवाना समेत गरी २४ करोड ४१ लाख २२ हजार ४ सय ६६ रुपैयाँ सजाय मागदाबी गरिएको विभागले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .