कारोबार


कुलमानले भनेः तिहारमा ढुक्क भएर बत्ती बाल्नुस्, लोडसेडिङको युग सकियो

कुलमानले भनेः तिहारमा ढुक्क भएर बत्ती बाल्नुस्, लोडसेडिङको युग सकियो

नेपाल विद्युत् प्राधिकरणद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्बिर : रासस


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १६:१२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले तिहारमा जति बत्ती बाले पनि हुने बताएको छ। 

तिहारको लागि बिजुलीको जोहो भइसकेकोले प्राधिकरणले ढुक्क भएर बत्ती बाल्न आग्रह गरेको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा १ हजार ५ सय मेगावाटभन्दा बढी खपत नहुने अनुमान रहेको बताए। 

यसमा सरप्लस (चाहिएभन्दा बढे) नै उत्पादन रहेको घिसिङको भनाइ छ। उनका अनुसार अहिले २ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ। 

उनले भने, ‘यो वर्षको भदौतिरको समयमा सबैभन्दा धेरै १ हजार ६ सय २० मेगावाट डिमान्ड (माग) रहेको थियो। तिहारमा त्योभन्दा पनि कम रहने अनुमान रहेको छ।’

तिहारमा बिहान बेलुका समयमा धेरै बत्तीको डिमान्ड हुने र राति र दिउँसो नहुने भएकोले सो समयको बत्ती उत्पादन गरिने जानकारी दिए। 

अब विद्युत् खपत नै बढाउने सरकार र प्राधिकरणको नीति रहेको समेत उनले जानकारी दिए।

उनले भने, ‘डिजेल पेट्रोलको गाडीले प्रतिकिलोमिटर १२ रुपैयाँ कस्टिङ देखाउने तर विद्युत् उपयोग गर्दा ५०÷६० पैसा मात्रै लाग्ने देखिन्छ। 

त्यस्तै अब खाना पकाउन पनि इन्डक्सन चुलो प्रयोग गर्न उनले आग्रह गरे। 

आज प्राधिकरणमा आयोजित कार्यक्रममा घिसिङले अहिले विभिन्न स्थानमा बेला–बेलामा बत्ती गइरहे पनि यसलाई लोडसेडिङका रुपमा नलिन आग्रह गरे। 

विभिन्न कारणले अहिले बत्ती गइरहनुको कारणमा सडक विभागको काम कारबाही, खानेपानीको कामकारबाही जोडिएको बताए। 

सडकमा काम हुँदा तथा पोल नै सार्नुपर्दा पनि गइरहेको उनको भनाइ थियो। 

उनले भने, ‘त्यसमा प्राधिकरणको पनि कुरा जोडिएको छ। त्यो भनेको ट्रान्सफर्मरको हो, मिटरलगायतका समस्या पनि छन्। त्यसलाई निरन्तर सुल्झाइएको छ र अब पनि सुल्झाइनेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad