कारोबार


रिलायन्स लाइफको ‘रिलायन्स  वार्षिक  धन वर्षा जीवन बीमा योजना’  सार्वजनिक

रिलायन्स लाइफको ‘रिलायन्स  वार्षिक  धन वर्षा जीवन बीमा योजना’  सार्वजनिक

नेपालखबर
कात्तिक १, २०७८ सोमबार १७:१७, काठमाडौँ

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। 

सो बीमा योजना अन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमांकको ५ (पाँच) प्रतिशत रकम  भुक्तान गरिने कम्पनीले जनाएको छ। 

सो व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमांक रकम बराबरको रक्षावरण समेत प्रदान गर्ने कम्पनीको विश्वास छ।
यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्नेछन्। 

कम्पनीका अनुसार १५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमांक रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ। यस योजनामा बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई  बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ।  

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्नेछन्। यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ। 

यो योजना सँगै बिमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्ने कम्पनीले जनाएको छ।            

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad