ad ad

कारोबार


आगलागीबाट बन्द भएको नेबिको बिस्कुट उद्योग पुनः सञ्चालन

आगलागीबाट बन्द भएको नेबिको बिस्कुट उद्योग पुनः सञ्चालन

तस्बिर- विजय सिंह/नेपालखबर


नेपालखबर
असोज ६, २०७८ बुधबार १६:२५, काठमाडौँ

आगलागीबाट बन्द भएको नेबिको बिस्कुट पुनः सञ्चालनमा आएको छ। गत साउन २३ गते आगलागीको कारण बन्द भएको उद्योग मंगलबारबाट सञ्चालनमा आएको हो। 

नेपालकै पहिलो   उद्योग बन्द भएको ४४ दिनभित्रै सञ्चालनमा ल्याउन व्यवस्थापन सफल भएको हो। 

नेबिको बिस्कुटका कार्यकारी निर्देशक राजेश रौनियारले राम्रो व्यवस्थापनको कारण छिट्टै उद्योग सञ्चालन गर्न सकिएको बताएका छन्। रौनियारले नेबिको नेपाल चिनाउने ब्रान्ड भएको बताए। 

‘विदेशी उद्योगसँग प्रतिस्पर्धा गरिरहेको नेबिकोमा आगलागी हुँदा धेरैले चिन्ता व्यक्त गरेका थिए,’ रौनियारले भने ‘हामी फेरि खरानीबाट उठेर उत्पादन शुरु गरेका छौं।’

उनले बालाजु औद्योगिक क्षेत्रभित्रको उद्योग बन्द हुँदा भैरहवाको उद्योगबाट २४ सै घण्टा उत्पादन शुरु गरेको छ। पहिला १६ घण्टा मात्रै सञ्चालन भएको उद्योगलाई २४ घण्टा सञ्चालन गरी बजारमा

सप्लाई चेनलाई कायम राखेको रौनियारले बताए। 

नेबिको बिस्कुटका कार्यकारी अधिकृत केशव भट्टराईले करिब २० देखि २२ करोडको क्षति भएको जनाएका छन्।

‘कति क्षति भयो भन्ने रिपोर्ट नआई थाहा हुँदैन। अहिले क्षतिको भ्यालुएसन भैरहेको छ,’ सीईओ भट्टराईले भने ‘कच्चापदार्थ लगाएर १२ करोडको क्षति भएको छ। भौतिक संरचना र मेसिन गरी करिब १० करोड क्षति भएको हुनुपर्छ।’

उनले अप्रत्यक्ष रुपमा भने धेरै क्षति भएको बताएका छन्। भट्टराईले ४४ दिन उद्योग बन्द हुँदा असर परेको बताए।

उद्योग बन्द हुँदा बालाजु क्षेत्रका कर्मचारीलाई भैरहवा उद्योग, भारतमा मेसिनका सामान ल्याउन र आगलागीबाट बनेको क्षतिलाई पुनः निर्माणमा लगाएको जनाइएको छ। 

बालाजुको उद्योग सञ्चालन भएपनि तत्काल फुल फेजमा सञ्चालन भने हुन सकेको छैन। उद्योगबाट ८० प्रतिशतसम्म उत्पादन गर्न सकिने लक्ष्य राखिएको छ। 

‘काठमाडौंमा उत्पादन गर्न नसकेको भैरहवाको उद्योग र हेटौडामा नयाँ बन्ने उद्योगबाट पुर्ती हुन्छ,’ भट्टराईले भने ‘हेटौडाबाट ३–४ महिना भित्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ।’

उद्योगले वार्षिक १ अर्ब २० करोड रुपैयाँको कारोबार गर्ने कार्यकारी निर्देशक रौनियारले बताएका छन्। उनले नेपालीको स्वाद अनुसारकै बिस्कुट उत्पादनले नेबिको सफल ब्रान्ड बनेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .