ad ad

कारोबार


केएफसीको दशौँ शाखा नक्साल भाटभटेनी प्रांगणमा

केएफसीको दशौँ शाखा नक्साल भाटभटेनी प्रांगणमा

नेपालखबर
असोज १, २०७८ शुक्रबार १८:४, काठमाडौँ

फुड चेन ब्रान्ड केएफसीले काठमाडौं उपत्यकामा आठौँ शाखा खोल्दै नेपालमा दशौँ आउटलेट बिस्तार गरेको छ। 

काठमाडौंको नक्सालमा रहेको भाट–भटेनी डिपार्टमेन्टल स्टोरको प्रांगणमा खोलिएको केएफसी रेस्टुरेन्ट स्वादिष्ट चिकेन परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ।

यस आउटलेटमा केएफसीका बिभिन्न चिकेन परिकार जस्तै  हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने केएफसीले जनाएको छ।

केएफसीका अनुसार ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागी विश्वस्तरीय सुरक्षा नीति समेत अवलम्बन गरको छ।

यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरुले सेवा लिन सक्नेछन्।

रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ८.३० बजे सम्म डाइन–इन, टेक अवे र होम डेलिभरी मार्फत सेवा दिइरहेको छ।

आफूलाई मनपर्ने केएफसीका परिकारहरु होम डेलिभरी कम्पनीहरु फूड बस्टर, फूडमान्डु र भोजडिलद्वारा अनलाइन अर्डर गरी घरैमा मगाउन सकिने केएफसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .